नेविसंघको साख जोगााउन माग गर्दै खबरदारी भेला गरिएको छ। नेपाली कांग्रेसको संस्थापन इतरसमूहनिकट विद्यार्थी नेताहरूले संगठनको अस्तित्व रक्षाको माग गर्दै खबरदारी भेला गरेका हुन्।
उपत्यकाका विभिन्न क्याम्पसमा नेविसंघको नेतृत्व गरिररहेका अगुवा नेता कार्यकर्ता भेला भई लामो समयदेखि निष्क्रिय बनाएर संगठनलाई बन्धक बनाइएकोमा उनीहरूले असन्तुष्टि व्यक्त गरेका थिए।
कार्यक्रममा नेपाल विद्यार्थी संघका नेता तथा सुशील कोइराला सोसलिस्ट युथ सर्कलका केन्द्रीय अध्यक्षले सभापति शेरबहादुर देउवालाई हजारौँ विद्यार्थीहरूको भविष्यमाथि कुठाराघात गरेको र संगठनलाई बन्धक बनाएकोले इतिहासले हिसाब खोज्ने चेतावनी दिए ।
कार्यक्रममा नेपाली कांग्रेस तनहुँका नेता यामबहादुर खाण, नेविसंघ अस्कल क्याम्पसका नेता अमृतजंग बस्नेत, थापाथली क्याम्पसका नेविसंघका इकाइ अध्यक्ष विष्णु मुलपाती, नेविसंघ रामेछापका नेता दीपक कार्कीलगायतको सहभागिता रहेको थियो।