जिल्ला प्रहरी कार्यालय नवलपुरले अवैध रूपमा ल्याइएको साढे १६ क्विन्टल लसुन बरामद गरेको छ। कावासोती नगरपालिका १६ चालिसकिलो जंगलमा चेकजाँचका क्रममा शुक्रबार बिहान पश्चिमबाट पूर्वतर्फ आँदै गरेको लु २ ख २३५१ नं बसबाट साढे १६ क्विन्टल लसुन बरामद गरेको हो।
बरामद गरिएको लसुनको मुल्य दुई लाख सच्चालीस हजार पाँच सयबराबरको रहेको प्रहरीले जनाएको छ। खरिद बिल नभएको अवस्थामा बरामद भएको लसुुनलाई आजै आवश्यक कारबाहीको लागि त्रिवेणी भन्सार कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ।