जिल्ला प्रहरी कार्यालय लमजुङले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले दुधपोखरी गाउँपालिका ५ का २३ वर्षीय विधान गुरुङलाई पक्राउ गरेको हो ।
गुरुङलाई बेँसीसहर नगरपालिका- ७ सेरा बजारबाट सोमबार दिउँसो लागुऔषधसहित पक्राउ गरेको हो । प्रहरीले गुरुङको साथबाट डाइजेपाम १० थान, फेनेरागन१० थान, नोफिन १० थान लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।
गुरुङलाई जिल्ला अदालत लमजुङबाट म्याद थप गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको छ।