लमजुङमा चुनावलक्षित अभियानमा दलहरू

शुक्रबार, ११ चैत, २०७८
डिजिटल संस्करण

लमजुङका स्थानीय तहहरूमा राजनीतिक सरगर्मी बढेको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका नेता–कार्यकर्ता अहिले चुनावी अभियान लिएर गाउँगाउँ पुगेका छन्।

निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलले गाउँगाउँमा पार्टी प्रवेश, सदस्यता वितरणसहित भेलाहरूलाई तीव्रता दिएका छन्। एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले गाउँगाउँमा जनवर्गीय संगठनको भेला, अधिवेशन, सम्मेलन, पार्टी सदस्यता वितरण, नवीकरणसहित पार्टी प्रवेश कार्यक्रम गरिरहेको बताए।

त्यसैगरी कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि प्रचारप्रसार र पार्टी प्रवेशलगायतका कार्यमा जोड दिएका छन्। कांग्रेस लमजुङका सचिव विमल श्रेष्ठले वडा भेला, छलफललगायतका काम भइरहेको जानकारी दिए।

माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य सुनील सुनारले जिल्लामा छलफल र भेटघाट जारी रहेको प्रस्ट पारे। नेकपा एकीकृत समाजवादीका अध्यक्ष रामबाबु अधिकारीका अनुसार पार्टी केन्द्रको निर्णयबमोजिम १५ दिने अभियान सञ्चालन भइरहेको छ।
 

सुझावित समाचार