विद्युत् सर्ट हुँदा बर्दियाको एक घरमा आगलागी

सोमबार, ७ चैत, २०७८
डिजिटल संस्करण

विद्युत् सर्ट हुँदा बर्दियामा एक घरमा आगलागी भएको छ। विद्युत् सर्ट भई गेरुवा गाउँपालिका– ६ सोनाहाफाँटानिवासी वीरबहादुर थापाको घरमा दिउँसो ३ बजेतिर आगलागी भएको हो।

आगलागीबाट घर जलेर पूर्ण रूपमा नष्ट भएको छ भने गोठमा आंशिक क्षति पुगेको छ। आगलागीबाट घर जल्दा खाद्यान्न, लत्ताकपडालगायत घरमा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको छ। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार