इलाम उद्योग वाणिज्य संघद्वारा कृषकलाई निःशुल्क बिउ वितरण

बिहिबार, २६ फागुन, २०७८
डिजिटल संस्करण

इलाम उद्योग वाणिज्य संघ मंगलबारे शाखाले तरकारी खेतीसम्बन्धी एकदिने तालिम तथा बिउबिजन वितरण कार्यक्रम आयोजना गरेको छ। देउमाई नगरपालिका–४ का ७७ जना व्यावसायिक कृषकलाई निःशुल्क बिउबिजन वितरण गरिएको इलाम उद्योग वाणिज्य संघ मंगलबारे शाखाका अध्यक्ष रमेश श्रेष्ठले बताए । देउमाई नगरपालिका–४ को सहयोगमा उक्त कार्यक्रम गरिएको संघका सचिव अनिल नेपालले बताए ।  कृषिविज्ञ सुवास घिमिरेले कृषकहरूलाई तालिम दिएका हुन् । 

स्थानीय कृषकलाई प्रोत्साहन गरी नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने उदेश्यका साथ तालिम आयोजना गरिएको संघका महासचिव सोम लुइँटेलले बताए । कार्यक्रममा तरकारी खेतीसम्बन्धी तालिमका अलावा मकै, सिमी, करेला, फर्सी, काँक्रालगायतका बालीलाई आवश्यक पर्ने  रिफेन पाउडर पनि वितरण गरिएको थियो । 

सुझावित समाचार