राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले आगामी चुनावमा राप्रपाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेन्डा अघि सारेको बताएका छन् । बुधबार महेन्द्रनगरमा मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शाहीले अब जनताबाट सीधै प्रधानमन्त्री छान्ने व्यवस्था गर्नुपर्ने बताए ।
प्रवक्ता शाहीले मुलुकको हितका लागि संसदबाट प्रधानमन्त्री नभई सीधै जनताबाट निर्वाचित हुने प्रबन्ध गर्नुपर्ने बताए । प्रवक्ता शाहीले मुलुकलाई भ्रष्टाचारमुक्त गराउन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताए ।
आगामी चुनावमा राप्रपाले संवैधानिक राजतन्त्रसहित प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था बनाउने एजेन्डा लिने बताए । नेपालको माटो सुहाउने व्यवस्था गर्नुपर्ने उनकाे भनाइ थियाे । एमसिसी राष्ट्रघाती भएको भन्दै उनले यो कार्यान्वयन हुन नसक्ने बताए । कञ्चनपुरका आरक्षपीडितको पुनर्स्थापनाका लागि सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ ।