पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले संसद् अवरोधको निकास खोज्न नसक्नु गैरजिम्मेवारपन भएको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन्। उनले जनताको समस्या संसदमा नराखी ज्याला लिनु लज्जास्पद भएको बताए। भट्टराईले सरकारले संसद्को अवरोध नहटाउनु जनताप्रतिको अपमान भएको आरोपसमेत लगाए।
‘जनताको सर्वोच्च प्रतिनिधिसभा ६ महिनादेखि बन्द बस्नु उपयुक्त हुँदैन। यो दुःखद भयो। सबै जिम्मेवार बनेर यसको निकास खोजौँ भन्ने कुरा मैले राखेको छु। सबै कुराको निकास खोज्न सकिन्छ। यो एकदमै गैरजिम्मेवार भयो। हामी आउँछौँ, भत्ता बुझ्छौँ, हिँड्छौँ, जनताको समस्या राख्दैनौँ भने विनाकामको ज्याला लिनु राम्रो होइन। यो बेठीक भइरहेको छ। यसको छिटो निकास निस्कनुपर्छ,’ उनले भने।