एमालेले यो सरकार बन्नै नदिन खोजेको हो, ढाल्न खोज्यो भन्नु नौलो कुरा भएन : अध्यक्ष ओली

मंगलबार, १७ फागुन, २०७८
डिजिटल संस्करण

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार र गठबन्धनको अन्त्य चाहनु नौलो नभएको बताएका छन्। मंंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन्।

परमादेशबाट बनेको सरकार अवैध भएको भन्दै उनले तत्काल विघटन गरेर ताजा जनादेशका आधारमा अगाडि बढ्नुपर्ने पक्षमा एमाले रहेको बताए। ‘परमादेशी सरकारको जन्म अवैध सम्बन्धबाट भएको हो। तत्काल विघटन गरिनुपर्छ र जनादेशका आधारमा अगाडि बढ्नुपर्छ भनेर एमालेले यो सरकार बन्नै नदिन खोजेको हो। ढाल्न खोज्यो भन्नु नौलो कुरा भएन,’ उनले भने, ‘संसदीय प्रणालीमा समयअगावै जनादेशका लागि जान सकिन्छ। समयावधि थप गर्न मिल्दैन। एमालेले त यो सरकार बन्नै नदिन खोजेको हो।’

सुझावित समाचार