भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले भारत र चीनबीचको सीमा रेखाको यथास्थिति परिवर्तन अमान्य भएको बताएका छन् । उनले चीनबाट सीमारेखाको यथास्थिति एकपक्षीय रूपमा परिवर्तन गर्न लागिएको टिप्पणी गर्दै भारतले स्वीकार नगर्ने बताएका हुन् । यद्यपि सीमाका केही विषयमा उपलब्धि हासिल हुँदै गरेको पनि उनको भनाइ थियो ।
फ्रान्सको पेरिसमा आयोजित विज्ञहरूसँगको अन्तर्क्रिया कार्यक्रमलाई मंगलबार राति सम्बोधन गर्दै जयशंकरले लद्दाख क्षेत्रमा चीनले सीमा रेखा जबर्जस्ती बदल्न लागेको आरोप लगाए । यद्यपि चीनसँग केही महत्वपूर्ण क्षेत्रमा सहमति भएको र वार्ता जारी रहेको पनि उनको भनाइ थियो ।
भारत र चीनका सैन्य कमान्डरहरुबीच १३ औँ चरणसम्मको वार्ता भएको र संवाद जारी रहेको पनि उनको भनाइ थियो । ‘केही अन्य स्थानहरूमा अझै सहमति हुन सकेको छैन,’ उनले भने, ‘भारत र चीनबीच सीमा विवाद समाधान गर्नुको कुनै विकल्प छैन । यसका लागि कति समय लाग्छ भन्ने कुरा म भन्न सक्दिनँ । तर, समाधान गर्नैपर्छ ।’
भारत र चीनबीच उत्तर पूर्वी तथा उत्तर पश्चिमी हिमाली सीमा क्षेत्रमा दुई वर्षयता तनाब उत्पन्न हुँदै आएको छ । दुवैतर्फ ठूलो संख्यामा सैनिक तथा हातहतियार तैनाथी छ ।
सीमानामा एकतर्फी परिवर्तन अमान्य : भारतीय विदेशमन्त्री जयशंकर
सुझावित समाचार
फेरि बढ्यो दिल्लीको वायु प्रदूषण
नयाँदिल्ली/ जाडोयामको सुरुवातसँगै भारतको राजधानीमा वायु गुणस्तरमा सामान्य गिरावट आउँदा दिल्ली फेरि एकपटक बढदो वायु प्रदूषणसँ…
इतिहासमा आज
सन् २०१६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक टिभी सम्बोधनमार्फत देशमा चल्तीमा रहेका ५०० र हजार दरका नोट सोही दिन मध्यरा…
डेमोक्य्राटिक पार्टीले मस्कको व्यापारिक साम्राज्यमाथि अनुसन्धान गर्ने
अमेरिकामा मध्यावधि निर्वाचनमा डेमोक्य्राटिक पार्टीले ऐतिहासिक विजय
इतिहासमा आज
सन् १९१३ : भारतीय खानी श्रमिकको ठुलो प्रदर्शन अगुवाइ गरेको आरोपमा महात्मा गान्धी दक्षिण अफ्रिकामा पक्राउ परे । प्रदर्शन खानी श्रमिक…
अधिकांश अरब देशका नागरिक इरानभन्दा इजरायललाई मान्छन् ठुलो खतरा : सर्वेक्षण
दोहा/ एक नयाँ सर्वेक्षणले अधिकांश अरब देशमा इजरायललाई प्रमुख क्षेत्रीय खतराका रूपमा हेरिने गरेको पाएको छ । दोहास्थित ‘अ…
नेतन्याहुको धाँधलीको दाबी खारेज गर्दै इजरायलमा निर्वाचन परिणाम अनुमोदन
इजरायलको केन्द्रीय निर्वाचन समितिले गत हप्ता सम्पन्न आमनिर्वाचनमा धाँधली भएको कुनै प्रमाण नभेटेको बताएको छ तेलअभिभ…