मधेस अनुसन्धान तथा प्रशिक्षण केन्द्र सञ्चालनमा

मंगलबार, ३ फागुन, २०७८
डिजिटल संस्करण

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यालय उद्घाटन गरेका छन् । जनकपुरधाम–१४ मुजेलियामा स्थापना गरिएको प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको सोमबार राउतले उद्घाटन गरेका हुन् ।

विगतमा संघ सरकारको मातहतमा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्र प्रदेशमातहतमा आएपछि २८ पुसमा प्रदेश सरकारले प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सर्लाहीका सतार अन्सारीलाई नियुक्त गरेको थियो ।

कार्यक्रममा राउतले मधेस प्रदेशमा सुशासन कायम गर्न प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको भूमिका महत्वपूर्ण हुने बताए । प्रदेश सरकार स्थापनाकालदेखि नै आर्थिक सुशासन कायम गर्न तथा आर्थिक अनियमितताका सवालमा सजग र गम्भीर रहेको राउतले बताए । राउतले निर्देशकसहित कर्मचारीहरूलाई संस्थाको उद्देश्यअनुरूप काम गर्न निर्देशनसमेत दिएका थिए । 

सुझावित समाचार