सरकारले बेवास्ता गरेको भन्दै प्राधिकरणको जग्गामा सरे त्रिशूलीका बाढीपीडित

मंगलबार, १ मंसिर, २०८३
डिजिटल संस्करण
सरकारले बेवास्ता गरेको भन्दै प्राधिकरणको जग्गामा सरे त्रिशूलीका बाढीपीडित

तस्बिर साैजन्य : महेन्द्र श्रेष्ठ

काठमाडौं/ बाढी गएको झन्डै तीन महिना हुन लाग्दा पनि सरकारले आफूहरूको व्यवस्थापनमा चासो नदिएको भन्दै नुवाकोटको त्रिशूलीका बाढीपीडितले विद्युत् प्राधिकरणको जग्गामा टेन्ट हालेर बसेका छन्।

तीनै तहका सरकारले आफूहरूको व्यवस्थापनमा चासो नदिएको भन्दै विदुर नगरपालिका–१ का बाढीपीडितहरूले वडा नं ९ कोलोनीस्थित प्राधिकरणको जग्गामा टेन्ट बनाएका हुन्।

मंगलबार बिहानैदेखि पीडितहरूले आफैँ रकम संकलन गरी डोजर लगाएर जग्गा सम्याएका थिए। साँझसम्म उनीहरूले त्रिपालको टेन्ट लगाएका हुन्। राहत मात्र नभई बासको समेत तत्काल व्यवस्थापन गर्नुपर्ने पीडितहरूको माग छ।

आज १०–१२ वटा मात्र टेन्ट राखेको बताउँदै स्थानीय महेन्द्र श्रेष्ठले बाँकी कामलाई भोलि पनि निरन्तरता दिने बताए।

सुझावित समाचार