भारतमा आइपिओबाट आठ अर्ब डलर उठाउने प्रस्ताव

सोमबार, २ फागुन, २०७८
डिजिटल संस्करण

भारतको सबैभन्दा ठूलो जीवन बिमा समूहको बहु–प्रतीक्षित प्रारम्भिक सार्वजनिक प्रस्तावले ८ अर्ब अमेरिकी डलरसम्म उठाउने अपेक्षा गरेको छ । यसबाट भारतको अर्थतन्त्र पुनरुत्थानका लागि सकारात्मक दबाब पुग्ने अपेक्षा गरिएको छ । फाइनान्सियल टाइम्सका अनुसार, गोल्डम्यान साक्स, बैंक अफ अमेरिका र सिटीग्रुपलगायत भारतीय जीवन बिमा निगमका लागि प्रस्तावको नेतृत्व गर्ने बैंकरहरूले आइपिओबाट ६ देखि ८ अर्बसम्म उठाउने अपेक्षा गरिएको छ । 

राज्य सञ्चालित लाइफ इन्स्योरेन्स कर्पाेरेसनको कम्तीमा पाँच प्रतिशतको सम्झौताबाट प्राप्त आम्दानी सरकारले चालू आर्थिक वर्षमा खर्च गर्ने लक्ष्य राखेको छ। फाइनान्सियल टाइम्सका अनुसार सरकारले आइपिओबाट प्राप्त हुने पैसा ०.२ देखि ०.३ प्रतिशत घाटा कम गर्न प्रयोग गर्नेछ, तर त्यो राजस्व मार्च(आर्थिक वर्ष)को अन्त्यमा आउन आवश्यक रहेको बताइएको छ ।

वार्षिक ८ प्रतिशतभन्दा बढीको आर्थिक बृद्धिदर पुर्याउन सरकारमाथि दबाब बढ्दै गएपछि यो मेगा आइपिओ अगाडि बढाउने कदम चालिएको हो । 
 

सुझावित समाचार