झन्डै पाँच किलो सुनसहित विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ

आइतबार, १ फागुन, २०७८
डिजिटल संस्करण

झन्डै पाँच किलो सुनसहित एक चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ। अवैध रूपमा ल्याउँदै गरेको करिब चार केजी आठ सय ४० ग्राम सुनसहित राहदानी नम्बर इजे ०२४८१३१ बाहक ३६ वर्षीय चिनियाँ नागरिक झाङ लिलाई प्रहरीले पक्राउ गरेको हो। 

हिमालय एयरको उडानद्वारा काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेटनजिक जाँच गर्ने क्रममा भित्री पोसाकभित्र चारवटा पोकामा लुकाई ल्याएको उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।  यस सम्बन्धमा अनुसन्धान भइरहेको विमानस्थल प्रहरी कार्यालयकामा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए।

ढकालका अनुसार चिनियाँ नागरिकले ल्याएको सुनको शुद्धता परीक्षणका लागि पठाइएको छ। ‘हामीले शनिबार उक्त सुनजस्तो देखिने धातु बरामद गरेका छौँ,’ उनले भने, ‘हेर्दा सुनजस्तै देखिन्छ। थप पुष्टिका लागि परीक्षणमा पठाएका छौँ।’

सुझावित समाचार