तस्बिरमा हेर्नुहोस् एमसिसीविरुद्ध आठ राजनीतिक दलको संयुक्त प्रदर्शन

बुधबार, २६ माघ, २०७८
डिजिटल संस्करण

अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ (एमसिसी) सम्झौताको विरुद्धमा संयुक्त प्रदर्शन भएको छ । बुधबार नेपाल कम्युनिस्ट पार्टी, नेकपा मसाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा एमसिसीको विरोधमा प्रदर्शन गरेका हुन् । उनीहरूले काठमाडौंको माइतीघर मण्डलाबाट बानेश्वरसम्म मार्चपास गर्दै विरोध प्रदर्शन गरेका थिए । 

प्रदर्शनमा सहभागीहरूले ‘नो एमसिसी’, ‘रिजेक्ट एमसिसी’, ‘एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । 
 

हेर्नुहोस् तस्बिरहरू : 

See More On

सुझावित समाचार