सन् २०१५ मा गरिएको भनिएको इरानसँगको आणविक सम्झौताबारे आजदेखि भियनामा छलफल हुने भएको छ। युरोपियन युनियनको कूटनीतिक सेवाका अनुसार भियनामा आज यस विषयमा छलफल हुन लागेको हो।
उक्त सम्झौताको बृहत् कार्ययोजनाका विषयमा यसका साझेदारहरूबीच मंगलबार कुराकानी हुने बताइएको हो। उक्त सम्झौताको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र त्यस सम्झौतामा अमेरिकी संलग्नताबारे पनि कुराकानी हुने सो सेवाले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो।
यस सम्झौताको सही कार्यान्वयनका लागि समयसमयमा आवश्यक छलफल भएको भए पनि इरानका कारणले समस्या उत्पन्न भएको अमेरिकाले जनाएको छ। तर, इरानले भने अमेरिका सो सम्झौताबाट उम्किन खोजेको भन्दै अमेरिकाकै कारणले सो सम्झौताको कार्यान्वयन हुन नपाएको बताउँदै आएको छ। रासस/सिन्ह्वा