बाजुराको बुढीनन्दा नगरपालिकामा बँदेलको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा– ३ चोलुका शंकरलाल विष्टका छोरा करिब १५ वर्षका सुकिन्द्र विष्ट रहेका प्रहरीले जनाएको छ।
मंगलबार दिउँसो छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएको वेला उनलाई बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बँदेलले आक्रमण गरेको खबरपश्चात् स्थानीयले उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक धनदेव साउदले बताए।