टिपरको ठक्करबाट आँगनमा आगो तापिरहेका दुईको मृत्यु

मंगलबार, १८ माघ, २०७८
डिजिटल संस्करण

बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ३ सतपतियामास्थित  घरको आँगनमा आगो तापिरहेका दुईजनाको टिपरको ठक्करबाट मृत्यु भएको छ । गएराति करिब १० बजेतिर घरको आँगनमा आगो तापिरहेका रामु थारू र सोमबहादुर विकलाई भे१क १४२५ नम्बरको टिपरले ठक्कर  दिएको थियो । पिच सडकमा गुडिरहेको टिपर एक्कासी आगो तापिरहेका माथि आइपुगेको थियो । 

टिपरको ठक्करबाट मृत्यु भएका आफन्त  र स्थानीयवासीले क्षतिपूर्तिको माग गर्दै अहिले नेपालगन्ज गुलरिया सडकखण्डको  भोलागौडीमा  अवरोध गरेका छन् ।

See More On

सुझावित समाचार