२० हजार ८ सय १५ लागुऔषध क्याप्सुलसहित पाँचजना पक्राउ

सोमबार, १७ माघ, २०७८
डिजिटल संस्करण

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले २० हजार ८ सय १५ लागुऔषध क्याप्सुलसहित पाँचजनाला पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं सिफल बस्ने २५ वर्षीय सुनील भन्ने निमा दोर्जे शेर्पा, काठमाडौं गोकर्णेश्वर बस्ने २९ वर्षीय उमेशकुमार केसी, काठमाडौं चाबहिलस्थित कल्याणकारी मेडिकल हलका सञ्चालक ३० वर्षीय पेम्बा शेर्पा, नुवाकोट म्यगङका राजाराम दवाडी र काठमाडौं टोखा बस्ने ३८ वर्षीय बद्रीनाथ पौडेल रहेका छन्।

उनीहरूमध्ये निमाबाट १ सय १५ ट्याब्लेट ट्रामाडोल र उमेशकुमारबाट २० हजार ७ सय क्याप्सुल ट्रामाडोल बरामद भएको ब्युरोले जनाएको छ। साथै पेम्बा शेर्पाबाट २ सय ९० ट्याब्लेट लोबाजाम, १ सय ५३ ट्याब्लेट लोरी, १ सय ट्याब्लेट निट्रेस्ट, ९० ट्याब्लेट जोलियुम, २ सय ७५ ट्याब्लेट कोडोट्याब, ३ सय ९० ट्याब्लेट क्लोजिप, १४ ट्याब्लेट क्लोप्रियुम, ५ सय १८ ट्याब्लेट पाज, २ सय ८५ ट्याब्लेट क्लोनाज, ३० ट्याब्लेट स्टागन र ५० ट्याब्लेट कोफटाब बरामद भएको छ। अर्का राजारामबाट बा ११ च १०१४ नम्बरको भ्यानमा ल्याएको १ सय ८० ट्याब्लेट लेभोनोरजेस्ट्रेल, ९० ट्याब्लेट अन्बान्टेड लेभोनोरजेस्ट्रेल, ८ सय ५० थान सफ्टजेल क्याप्सुल, ६ सय ७२ ट्याब्लेट बर्थ स्पेसिङ पिल्स, ३० वटा ल्याबोडर्म, १ सय ८४ ट्याब्लेट जेनेग्रा, १ सय ६० ट्याब्लेट जेनेग्रा रेड र ९० ट्याब्लेट प्रेगौट किक तथा बद्रीनाथ पौडेलबाट नगद १ लाख ४० हजार रुपैयाँ बरामद भएको छ। 

उनीहरूले उपत्यकामा नियन्त्रित लागुऔषध ट्रामाडोलको अवैध कारोबार गरेको प्रहरीले जनाएको छ। बरामद औषधि, सवारीसाधन र नगदसहित उनीहरूलाई आवश्यक कानुनी कारबाहीको लागि औषधि व्यवस्था विभाग बिजुली बजार पठाइएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले जनाएको छ।

See More On

सुझावित समाचार