जापान र फ्रान्सबीच विदेशमन्त्री र रक्षामन्त्रीहरूको सातौँ टु प्लस टु बैठक आयोजना भएको छ । जापानको प्रयासमा विशेषतः चीनको बढ्दो प्रभावको सामना गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको दृष्टिकोणलाई समर्थन गर्ने गरी बैठक आयोजना भएको हो । दुई राष्ट्रहरूका लागि विदेशी नीति र रक्षा मुद्दाहरूमा छलफल भएको जापानको विदेश मन्त्रालयले जनाएको छ ।
एक वर्षअघि जनवरी २०२१ मा जो बाइडेनले पदभार ग्रहण गरेको छ । महिनाभित्र जापानले युके, इन्डोनेसिया, जर्मनी र अष्ट्रेलियासँग यस्तै टु–प्लस–टु छलफल गरेको थियो । जापानले जनवरी ७ मा अमेरिकासँग अर्को दुई प्लस टु राखिसकेको छ । बिहीबार आयोजित बैठकमा जापानी विदेशमन्त्री योसिमासा हयासी, रक्षामन्त्री नोबुओ किशी र फ्रान्सेली समकक्षी जीन–यवेस ले ड्रायन र फ्लोरेन्स पार्ली सहभागी थिए । यसअघि टु प्लस टु बैठक जनवरी २०१९ मा भएको थियो । बैठकपछि जारी संयुक्त वक्तव्यमा चार मन्त्रीहरूले जापानी आत्मरक्षा बल र फ्रान्सेली सेनाबीचको संयुक्त अभ्यासका लागि प्रशासनिक र कानुनी आवश्यकताहरूलाई सहज बनाउन छलफल सुरु गर्ने सहमति गरेको उल्लेख छ ।
मन्त्रीहरूबीच नियममा आधारित र स्वतन्त्र र खुला इन्डो–प्यासिफिकका लागि सहयोग प्रबर्द्धन गर्ने सहमति भएको छ । यो क्षेत्रमा चीनको बढ्दो प्रभाव मिलेर सामना गर्ने पनि सहमति भएको छ । जापानले विदेश नीति र रक्षा दुवैलाई समेट्ने रणनीतिक वार्ताका लागि सन् १९९० मा अमेरिकासँग पहिलोपटक दुई प्लस–टु आयोजना गरेको थियो । जापानले २००७ मा अष्ट्रेलियामा यसको मोडालिटी विस्तार गरेर रुस, फ्रान्स, बेलायत, इन्डोनेसिया, भारत र जर्मनीसँग यस्तै वार्ताहरू गरिसकेको छ ।
जापानले एक वर्षमा ६ देशसँग वार्ता गरेकोबाहेक टोकियोले भारतसँग पनि भेटवार्ता गर्ने तयारी गरिरहेको छ । यद्यपि जापान र रुसबीच सन् २०१९ यता टु प्लस टु वार्ता भएको छैन । अमेरिकी तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा वासिंगटन र बेइजिङबीचको तनाव बढेको वेला अमेरिकाले आफ्नो ‘अमेरिका पहिलो’ एजेन्डाअन्तर्गत सम्भावित विश्वव्यापी सुरक्षा चुनौती र प्रभावका सन्दर्भमा मुलुकहरूसँग द्विपक्षीय व्यापारमा ध्यान केन्द्रित गरेको थियो ।
तर, बाइडेनले सुरक्षा मामिलामा पनि चीनको सामना गर्न आफू इच्छुक रहेको स्पष्ट पारेका छन्। उनले ताइवानमा चासो व्यक्त गरेका छन्। बाइडेनले अष्ट्रेलिया, युके र अमेरिकाको अउकुस सुरक्षा साझेदारीमार्फत चीनको क्षेत्रीय प्रभावको सामना गर्न बहुपक्षीय सहयोग पनि पछ्याउँदै गरेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरूले जनाएका छन् ।
यसबीचमा जापान पूर्वीएसियाली सुरक्षा परिदृश्यमा पुनः संलग्न भएको छ । युरोपसँगको अमेरिकी सम्बन्धमा पनि सुधार आएको छ भने धेरै युरोपेली देशहरूले बेइजिङसँग कडा लाइन लिइरहेका छन्। बेलायत, जर्मनी र फ्रान्सले गत वर्ष पूर्वी एसियामा नौसैनिक जहाजहरू पठाएका थिए जापानसँग संयुक्त अभ्यास गरेका थिए । फ्रान्सले आफ्नो इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत जापान, अमेरिका र अष्ट्रेलियासँग आफ्नो सम्बन्ध सुदृढ गर्ने योजना बनाएको छ। फ्रान्सेली सेनाले मे महिनामा जापानको ग्राउन्ड सेल्फ डिफेन्स फोर्स र क्युसुमा अमेरिकी मरिन कोप्ससँग रिमोट आइल्यान्ड डिफेन्स अभ्यास गरेको थियो ।