भिरबाट लडेर श्रीमानश्रीमतीकाे ज्यान गयो

शुक्रबार, २ पुष, २०७८
डिजिटल संस्करण

गुल्मीको मुसिकोट नगरपालिका– १ बांगेस्थित सिख्रा सामुदायिक वनको भिरबाट लडेर दुईजनाको ज्यान गएको छ। स्थानीय २६ वर्षीय मनु सार्की र २५ वर्षीया ज्ञानु परियारको ज्यान गएको छ। उनीहरू श्रीमानश्रीमती हुन्। ससुराली हिँडेका उनीहरू भिरबाट खसेर गम्भीर घाइते भएका थिए।

घटनालगत्तै पौदी अमराई प्रहरीचौकीबाट प्रहरी सहायक निरीक्षक नवराज भट्टराईको टोलीले घाइतेको उद्धार गरेर गुल्मी अस्पताल पठाएका थिए। उपचारको क्रममा दुवैजनाको गुल्मी अस्पताल ज्यान गएको जिल्ला प्रहरी कार्याल्य गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताउँदै पाण्डेयले शव पोस्टमार्टम गरेर आफन्तलाई बुझाइने बताए।
 

See More On

सुझावित समाचार