सरकारले कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेको देशभरका बालबालिकालाई लक्षित गरी पुस ४ गतेदेखि खोप कार्यक्रम सुरु गर्ने भएको छ। उनीहरूलाई मोडर्ना कम्पनीको खोप लगाइनेछ। ५७ वटा जिल्लाका स्वास्थ्य संस्थाबाट १२ देखि १८ वर्षमुनिका बालबालिलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सकेसम्म बालबालिकालाई नजिक पर्ने गरी खोप केन्द्रको व्यवस्थापन गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार खोप पुगेसम्म सबैलाई लगाइनेछ। मोडर्ना खोप नपुगेकालाई फाइजर खोप लगाइनेछ। पहिलो मात्रा लगाएको महिना दिनपछि दोस्रो मात्रा लगाइनेछ।