प्रतिबन्धित लागुऔषध खैरो हिरोइन ओसारपसार तथा बिक्री–वितरण गरेको आरोपमा सुनसरी प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका– १७ लवीपुर–तरहरा भित्री सडकखण्डमा खैरो हिरोइन बिक्री गर्दै गर्दा इटहरी– १४ एकम्बाका २७ वर्षीय शिवे सरदार र उनकी श्रीमती २८ वर्षीया सगुन माझी सरदारलाई आइतबार पक्राउ गरेको हो ।
इलाका प्रहरी पकलीबाट खटिएको टोलीले श्रीमान् शिवेको साथबाट खैरो हिरोइन दुई सय मिलिग्राम र उनकी श्रीमतीले घरमा लुकाएको ४१ ग्राम पाँच सय ९० सय मिलिग्राम र नगद १५ हजार सात सय रुपैयाँ साथै नापतौल गर्ने डिजिटल काँटा पनि बरामद गरेको छ ।
पक्राउ परेका श्रीमान्–श्रीमती दुवैलाई लागुऔषध ऐनअनुसारको कसुरमा अदालतमा म्याद थप गरेर अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।