डोल्पाको जगदुल्ला गाउँपालिकाले आफ्नै प्रशासकीय भवन बनाएको छ। स्थानीय सरकार गठन भएको दोस्रो वर्षदेखि निर्माणकार्य सुरु गरिएको उक्त भवनको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेका छन्।
जिल्लाका आठ स्थानीय तहमध्ये जगदुल्लाले सबैभन्दा पहिला आफ्नै भवन निर्माण सम्पन्न गरेको हो। उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली सुनको थुप्रो भएको उल्लेख गर्दै यसको सदुपयोग गर्न जान्नुपर्ने बताए। प्रदेश सरकारले कर्णालीमा सम्भावनाहरूको पहिचान गरिरहेको उनले बताए।
स्थानीय सरकार र संघीय सरकारको साझेदारीमा साढे चार करोड लागतमा ३२ कोठे भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले जानकारी दिए।