त्रिविमा एक सय ३० प्राध्यापक छनोटका लागि अन्तर्वार्ता लिइँदै

बुधबार, २ मंसिर, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ त्रिभुवन विश्वविद्यालमा १३० जना प्राध्यापक छनोट प्रक्रिया अन्तर्वार्ता चरणमा पुगेको छ । खुला प्रतिस्पर्धात्मक ढंगले फास्ट ट्र्याकबाट दक्ष र विदेशका विश्वविद्यालयमा अध्यापन गराइरहेका प्राध्यापकलाई समेत भित्र्याउने गरी त्रिविले नियमावली नै तय गरेर प्राध्यापक नियुक्ति थालेको थियो ।

तर, लिखित परीक्षाविनै नियुक्ति गर्न लागिएको भन्दै विरोधसमेत भएको छ । अन्य देशमा जस्तै शिक्षामा विशिष्ट योग्यता हासिल गरेका प्राध्यापक छनोटका लागि त्रिविले डेढ वर्षअघि सूचना जारी गरेको थियो । छनोटका लागि पिएचडी तहको योग्यता अनिवार्य तोकिएको छ ।

२१ जेठ ०८२ प्राध्यापक माग गरिएकोमा तीन सयजनाले आवेदन दिएका थिए । त्रिविले फरक ढंगले सबै विभागमा आवश्यकताअनुसारका प्राध्यापक छनोट गर्ने सूचना जारी गरेको थियो ।

त्यसमध्ये पहिलो चरणमा आवेदन रुजु र मूल्यांकनको कार्य सकिएको छ । हाल धमाधम अन्तर्वार्ता चलिरहेको त्रिवि सेवा आयोगका प्रशासन प्रमुख विष्णु अर्यालले बताए ।

उनका अनुसार उक्त फाराम भरेकामध्ये सबै पिएचडी गरेर, क्यु वान र क्यु टु तहको जर्नल प्रकाशन भएकाहरू छन् । उनीहरूमध्येबाट छनोट कमिटीले प्राध्यापक छनोटको कार्य गरिरहेको छ ।

सुझावित समाचार