एमसिसी अनुमोदन गर्ने सत्तागठबन्धनको गृहकार्य

शनिबार, १९ भदौ, २०७८
डिजिटल संस्करण

प्रश्न स्पष्ट पार्न भन्दै सरकारले लेख्यो एमसिसी मुख्यालयलाई पत्र 

लामो समयदेखि संसद्मा अनुमोदन हुनबाट रोकिएको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई गठबन्धन सरकारले अगाडि बढाउने प्रक्रिया थालेको छ । एमसिसीसँगको सम्झौताबारे राजनीतिक र जनस्तरमा उठेका प्रश्नबारे स्पष्ट गर्न सरकारले एमसिसी मुख्यालयलाई पत्राचार गरेको छ । 

अर्थ मन्त्रालयले शुक्रबार नेपालस्थित अमेरिकी राजदूतावासमार्फत एमसिसी मुख्यालयलाई पत्राचार गरेको र यसको छिट्टै जवाफ आउने अपेक्षा गरिएको अर्थ मन्त्रालयका एक अधिकारीले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनाअनुसार अर्थमन्त्री जनार्दन शर्माले सम्झौताबारे राजनीतिक र जनस्तरमा उठेका प्रश्नहरू समेटेर पत्राचारको प्रक्रिया अगाडि बढाएका हुन् । 

‘एमसिसी अमेरिकाको इन्डो–प्यासिफिक स्ट्राटेजीको अंश नभएको र अनुदान आइपिएससँग सम्बन्धित नरहेको र नहुने सुनिश्चित भए यसलाई अगाडि बढाउन सकिन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘नेपाल र अमेरिकाबीच औपचारिक पत्राचारद्वारा यसैलाई प्रस्ट पार्न खोजिएको हो ।’ सरकारले अमेरिकासँग एमसिसी ‘नेपालको संविधान, नेपालको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधीनता र राष्ट्रको हितविपरीत छैन,’ भन्ने सुनिश्चितता खोजेको छ । 

‘एमसिसी अमेरिकाको इन्डो–प्यासिफिक स्ट्राटेजीको अंश नभएको र अनुदान आइपिएसस“ग सम्बन्धित नरहेको र नहुने सुनिश्चित भए यसलाई अगाडि बढाउन सकिन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘नेपाल र अमेरिकाबीच औपचारिक पत्राचारद्वारा यसैलाई प्रस्ट पार्न खोजिएको हो ।’ सरकारले अमेरिकासँग एमसिसी ‘नेपालको संविधान, नेपालको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधीनता र राष्ट्रको हितविपरीत छैन,’ भन्ने सुनिश्चितता खोजेको छ । 

अमेरिकी राजदूतले प्रधानमन्त्री देउवासहित अन्य दलका उच्च नेतासँगको भेटमा एमसिसीबारे नेपालका चासोहरू दिएपछि स्पष्ट गर्ने बताएका थिए । त्यसैअनुसार नेपालमा उठेका विषयलाई समेटेर एससिसीलाई मुख्यालयमा पत्रचार गरेको छ । एससिसी उपाध्यक्ष फातेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स अर्को साता नेपाल आउँदै छन् । उनीहरूले आफ्नो भ्रमणमा नेपालले राखेका चासोबारे एमसिसीको धारणा दिनेछन् । त्यसपछि सरकारले एमसिसी अगाडि बढाउने सम्भावना रहेको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ । 

एमसिसीलाई लिएर सत्तागठबन्धनमा रहेका दलहरूबीच मतभेद छ । प्रधानमन्त्री देउवा यथास्थितिमै एमसिसी अनुमोदनको पक्षमा थिए भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल परिमार्जनसहित एमसिसी अनुमोदनको पक्षमा छन् । 

एमसिसीबारे अध्ययन गर्न तत्कालीन नेकपाले १९ माघ ०७६ माघमा पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले सम्झौतामा संशोधन, सुधार र परिमार्जन गर्नु आवश्यक रहेको र यसो गरेर मात्र सम्झौतालाई संसद्बाट अनुमोदन गर्ने वा अगाडि बढाउनुपर्ने सुझाब दिएको थियो । 

अमेरिकी राजदूतावासका अधिकारीहरूले एमसिसीबारे उठेका प्रश्नको पत्र प्राप्त भएको तथा यसले सम्झौता अनुमोदनका लागि सकारात्मक भूमिका खेल्ने बताएका छन् । नेपालले ऊर्जा र सडक पूर्वाधार निर्माण गर्न पाँच सय मिलियन अमेरिकी डलर अनुदान पाउने गरी नेपाल सरकार र अमेरिकी एमसिसीबीच २९ भदौ ०७४ मा सम्झौता भएको थियो । समझौता अनुमोदन गर्दा राष्ट्रियता खतरामा पर्ने भन्दै राजनीतिक दल र जनस्तरबाट विरोध पनि भएको छ ।

See More On

सुझावित समाचार