दाङको सिस्नेखोलाले कार बगाउँदा चारजनाको मृत्यु

बिहिबार, १७ भदौ, २०७८
डिजिटल संस्करण
दाङको सिस्नेखोलाले कार बगाउँदा चारजनाको मृत्यु

दाङको सिस्ने खोलामा निर्माणाधीन पुल ।

दाङको घोराही–लमही सडकखण्डअन्तर्गत सिस्नेखोलाले कार बगाउँदा चारजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गएराति १० बजेतिर नेपालगन्जबाट घोराहीतर्फ आउँदै गरेको प्र–३–०१–०२४ च ४४४० नम्बरको सुजुकी एस प्रेस गाडीलाई बगाउँदा गाडीमा सवार घोराही उपमहानगरपालिका– १३ निवासी ४० वर्षीया रीतामाया पुन, सोही ठाउँ निवासी ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही– १४ निवासी अन्दाजी ३१–३२ वर्षीया राधा कुँवर र घोराही– १४ निवासी करिब ४०–४२ वर्षीया विमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।  कार करिब डेढ किलोमिटर तल बगेको थियो । 

साथै कारचालक घोराही उपमहानगरपालिका– १४ निवासी  ४३ वर्षीय नरबहादुर पुन खुट्टा भाँचिएको अवस्थामा फेला परेका थिए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । 

घोराही उपमहानगरपालिका–४ स्थित रहेको उक्त खोलाले गाडीलाई बगाएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय दाङको २१ जना र प्रहरी चौकी गोग्लीबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा पाँचजनाको टोली खटिएको थियो ।

See More On

सुझावित समाचार