बढुवा भएर पदस्थापन भएको स्थानमा एक महिनामा रवाना भएनन् राणा

मंगलबार, १५ भदौ, २०७८
डिजिटल संस्करण

नेपाल प्रहरीको प्रहरी नायब निरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा भएका शोभमविक्रम राणा अहिलेसम्म रवाना भएका छैनन् । बढुवा भएर पदस्थापन भएको करिब एक महिना बितिसक्दा पनि क्राइम ब्रान्च प्रमुखको जिम्मेवारी सम्हालेका राणा पर्साबाट रवाना हुन मानेका छैनन् । 

गत साउन १४ गते बसेको गृहसचिवस्तरीय बैठकले ९८ जनालाई प्रहरी नायब निरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा गरेर नियुक्त गरेको थियो । सोहीअनुसार प्रहरी नायव निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएका राणाको सप्तरीको इलाका प्रहरी कार्यालय भेडियामा पदस्थापन भएको छ ।

तर, उनी पर्साका प्रहरी प्रमुख बेलबहादुर पाण्डेको विश्वासपात्र भएकै कारण पर्सा जिल्ला छोडेर जान नमानेको स्रोतको दाबी छ । प्रहरी स्राेतका अनुसार प्रहरी निरीक्षक  राणाले   दसैँसम्म पर्सामै बस्ने योजना बनाएका छन । त्यसकारण उनी हालसम्म रवाना भएका छैनन् ।  प्रहरी निरीक्षक राणाको पर्सामा आएको करिब नाै महिना भइसकेको छ ।
 

सुझावित समाचार