संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको तालिवान समूहलाई सरकारी कार्यालय कब्जा गर्ने कार्यलाई तत्कालै बन्द गर्न आग्रह गरेका छन् । उनले अफगानिस्तानमा जारी विद्रोह रोक्न समेत तालिवानलाई आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘विद्रोह रोकेर शान्तिपूर्ण रूपमा आफ्ना काम गर्न र कुरा राख्न आग्रह गर्दछौँ ।’ उनले तालिवान समूहलाई शान्तिपूर्ण रूपमा आफ्ना माग राख्दै वार्ताको टेबुलमा बस्न आग्रह गरेका छन् । रासस