एमाले कार्यदल बैठक साँझ बस्ने गरी स्थगित (भिडियोसहित)

बिहिबार, २४ असार, २०७८
डिजिटल संस्करण

नेकपा(एमाले) विवाद समाधान गर्न गठित कार्यदलको बैठक साँझ सात बजे बस्नेगरी स्थगन गरिएको छ ।  बिहीबार दिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक बसेको थियो ।

कार्यदल सदस्य प्रदीप ज्ञवालीले कार्यदलको छलफलमा विषयवस्तुहरुमाथि समझदारी जुटेको बताए । फेरि त्यसलाई बसेर भासिक मस्यौदाको रुप दिने उनको भनाइ छ ।

पार्टीलाई  २०७५ जेठ २ अघिको संरचनामा फर्काउने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने विषयको विवादको विषयमा समझदारी बनेको उनले बताए । उनले भने ‘पार्टीलाई  २०७५ जेठ २ अघिको संरचनामा फर्काउने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने विषयमा समझदारी बनेको छ र त्यसलाई अन्तिक रुप दिनेछौं ।’

‘हाम्रो तर्फबाट मिलाउने कुराहरु सबै मिलेको छ अब उहाँहरु (ओली–नेपाल) बसेर के गर्नुहुन्छ , कसरी समझदारीमा टुंग्याउनुहुन्छ भन्ने मात्र हो’ उनले भने ।  

See More On

सुझावित समाचार