कार्यकर्तालाई ओलीको निर्देशन– कोभिड– १९ विरुद्धको लडाइँमा सक्रिय रहनू

आइतबार, १२ बैशाख, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले  कोभिड–१९ विरुद्धको लडाइँमा सक्रिय रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले कोभिड– १९ विरुद्धको लडाइँमा सक्रिय रहन निर्देशन दिएको परराष्ट्रमन्त्रीसमेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए । 

उनका अनुसार सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा रहेको छैन । तर, स्थिति हेरेर स्थानीय तहबाट लकडाउन हुन सक्नेछ । ओलीले कोभिड– १९ विरुद्ध सरकारले प्रभावकारी काम गरिरहेको पनि बताएका छन् ।
 

सुझावित समाचार