नागरिकको सार्वभौम अधिकार रक्षाका लागि बोल्नुपर्छ : रामकुमारी झाँक्री (भिडियोसहित)

बुधबार, २८ माघ, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्री सार्वभौमसत्तासम्पन्न नागरिकको बोल्न पाउने अधिकारलाई कसैले पनि रोक्न नसक्ने बताएकी छिन् । प्रतिगामी कदमलाई सदर गर्न खोज्ने सेटिङविरुद्ध बोल्न नछाड्ने उनको बताएकी छिन् । नागरिकको सार्वभौम अधिकार रक्षाका लागि बोल्नुपर्ने बताएका हुन् । 

कागजी बादशाह ढलिसकेको भन्दै झाँक्रीले घोषणा हुन मात्र बाँकी रहेको बताइन् । अन्तिम अवस्थामा राज्यको स्रोतसाधन दुरुपयोगको काममा ओली व्यस्त भएको उनको भनाइ छ । 
राष्ट्रपति संस्था बलिदानीबाट प्राप्त भएको भन्दै झाँक्रीले निरंकुशताको पात्रको विरुद्धको बोल्न पाइने बताइन् । खलपात्रको विषयमा कुरा उठाउँदा महिलाविरुद्ध बोलेको नहुने उनको भनाइ छ । 

सार्वजनिक पदमा बसेका व्यक्तिको गलत कामबारे बोल्न पाइने उनले बताइन् ।  उनले ओलीप्रति इंगित गर्दै दरबारमा रजाई गर्नेहरू संघर्षका कठिन दिनहरुमा कहाँ थिए भनेर दुनियाँलाई थाहा भएको बताइन् । केही दिनअघि राजधानीमा आयोजित कार्यक्रममा ओलीले बनाएका प्रतिमा राज्यको पैसा खर्च गरेर बनाइएको भन्दै उनले त्यो उनको अधोगति भएको बताइन् । 

सुझावित समाचार