सर्वाेच्चको आदेशमा छुटे व्यवसायी शंकरलाल अग्रवाल

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

शंकर ग्रुपका प्रमुख व्यवसायी शंकरलाल अग्रवाल धरौटीमा छुटेका छन्। कारागारमा रहेका उनलाई सर्वाेच्च अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। सर्वाेच्चका न्यायाधीशहरू बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले उच्च अदालतको आदेश बदर गर्दै धरौटी माग गर्दै आदेश दिएको हो। 

बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने उच्चको आदेशविरुद्ध उनी सर्वाेच्चमा गएका थिए। बन्दी प्रत्यक्षीकरणको रिटसमेत दर्ता भएकामा सो रिट भने सोही इजलासले खारेज गरेको छ। 

व्यवसायका लागि भनेर लिएको करोडौँ ऋण बिचौलिया दीपक भट्टलाई दिएर कर्जा अपचलनको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको हो। 
उनका छोराहरू सुलभ र साहिल अग्रवालविरुद्ध पनि विभिन्न मुद्दा दायर भएको छ। 

सुझावित समाचार