संखुवासभामा चट्याङ लागेर पाँचजना घाइते

आइतबार, १४ भदौ, २०८३
डिजिटल संस्करण

संखुवासभामा चट्याङ लागेर पाँचजना घाइते भएका छन् । आज आइतबार दिउँसाे करिब ५ बजेतिर मकालु गाउँपालिका-२, सेकेदमस्थितमा रहेको कासुवा खोला हाइड्रोपावरको सुरुङनजिकै चट्याड लागेर पाँचजना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ ।

प्रहरीकाे अनुसार, बागलुङ ढोरपाटन गाउँपालिका-८ का २० वर्षीय सुभम घर्तीमगरको दुबै हात र दाहिने घुँडामा चोट लागी अवस्था सामान्य रहेको छ भने कन्चनपुर शुक्लाफाँट नगरपालिका-९ धुलिगाउँ बस्ने ४९ वर्षीय दलबहादुर ढु‌ंगेलको ढाडमा चोट र दाहिने कन्चटमा गहिरो चोट लागी घाइते भएको छ । त्यसैगरी, रामेछाप मन्थली नगरपालिका-८ का ३६ वर्षीय प्रलाद ढुंगेलको अनुहार र शरीरको विभिन्न भागमा चोट लागेकाे छ भने साेही ठाउँका २५ वर्षीय प्रकाश पहरीको अनुहार, दाहिने हात र कम्मरमा चोट लागी घाइते भएको छ भने दाङ शान्तिनगर नगरपालिका-६ का ३० वर्षीय वर्नसिंह चौधरीको शरीरको विभिन्न भागमा चोट लागी घाइते भएको प्रहरीले जनाएकाे छ ।

घाइतेहरूकाे मकालु स्वास्थ्य चौकीमा सामान्य उपचारपछि जिल्ला अस्पताल खाँदबारीतर्फ पठाएको प्रहरीले जनाएकाे छ।

सुझावित समाचार