रसुवा अस्पतालमा नाै अक्सिजन सिलिन्डर पुगे, शव व्यवस्थापनका लागि ‘डेड बडी ब्याग’ जुटाउन आग्रह

शुक्रबार, १२ भदौ, २०८३
डिजिटल संस्करण

रसुवा अस्पतालमा थप नाैवटा अक्सिजन सिलिन्डर पुगेको जनाइएको छ। विपतका वेला आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन भइरहेका वेला राहत सामग्री जुटाइरहेका व्यक्ति तथा संस्थाहरूलाई ‘डेड बडी ब्याग’ (शव राख्ने झोला)समेत उपलब्ध गराउन आग्रह गरिएको रास्वपा सांसद सुशान्त वैदिकले जानकारी दिए । 

विपतकाे अवस्था जटिल बन्दै जाँदा लास व्यवस्थापन ठुलो चुनौतीका रूपमा देखिन थालेको भन्दै आवश्यक सामग्री तत्काल जुटाउन आग्रह गरिएको उनले बताए । 

यसैबिच, स्याटेलाइट फोन उपलब्ध भएका व्यक्ति वा संस्थालाई विपत् व्यवस्थापन तथा उद्धार कार्यका लागि तत्काल सहयोग गर्न आग्रह गरिएको उल्लेख गरे ।  स्याटेलाइट फोन उपलब्ध गराउन सक्नेले ९८४१५९२३६१ नम्बरमा सिधै एसएमएस गर्न अनुरोध गरिएको छ।

अनावश्यक सञ्चार र अपुष्ट सूचनाले उद्धार तथा राहत समन्वयमा थप कठिनाइ सिर्जना गरिरहेको भन्दै सम्बन्धित सबैलाई जिम्मेवार ढंगले सूचना आदान–प्रदान गर्न आग्रह  गरे । 

सुझावित समाचार