फिफा विश्वकप २०२६ को फाइनल खेल आज : उपाधि जित्न अर्जेन्टिना र स्पेन खेल्दै

आइतबार, ३ साउन, २०८३
डिजिटल संस्करण

खेल समय : सोमबार बिहान ००:४५ बजे

फिफा विश्वकप २०२६ को उपाधिका लागि आज राति साबिक विजेता अर्जेन्टिना र स्पेन भिड्दै छन् । अमेरिकाको न्यु जर्सीस्थित मेट लाइफ मैदानमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना लगातार दोस्रोपटक उपाधि जित्ने योजनामा छ । समग्रमा अर्जेन्टिना सन् १८७८ र सन् १८८६ तथा सन् २०२२ पछि चौथोपटक उपाधि जित्ने दाउमा छ । यता, रोड्रीको कप्तानमा रहेको स्पेन दोस्रोपटक उपाधि जित्न चाहन्छ । स्पेनले सन् २०१० मा पहिलोपटक उपाधि जितेको थियो । त्यसयता टोली १६ वर्षपछि फाइनलमा स्थान बनाएको हो । लगातार तीन संस्करण अन्तिम १६ बाट माथि बढ्न नसकेपछि स्पेनले युवा टोलीलाई प्रवर्द्धन गरेको थियो । फलतः युरोपेली टिमले पछिल्लो समय सानदार प्रदर्शन गरिरहेको छ ।

प्रशिक्षक लुइस डी ला फुइन्टेले कप्तान रोड्रीका साथ युवा तथा अनुभवी खेलाडीलाई अवसर दिनेछन् । टिम छोटो र छरितो खेल खेल्दै अर्जेन्टिनालाई दबाबमा राख्ने योजनामा छ । स्पेन अघिल्ला खेलझैँ मध्यपंक्तिमै केन्द्रित हुन चाहन्छ । ‘मलाई लाग्छ अर्जेन्टिनाविरुद्धको खेल निकै सानदार हुनेछ । फाइनलमा पुगेका दुवै टिम उत्कृष्ट छन् ।’ उनले भने, ‘दुवै टिमका युवा स्टार र अनुभवी खेलाडी छन् । उनीहरू धेरै क्षमतावान् छन् । हामी जित्नकै लागि खेल्छौँ ।’

यता, अर्जेन्टिना पनि आफ्नो अपराजित यात्रा कायम राख्ने र पछिल्ला खेलजस्तै संघर्ष गर्ने योजनामा छ । आठपटक बालोन डी ओर जितेका मेसीकै सानदार प्रदर्शनमा स्पेनविरुद्ध अर्जेन्टिना हाबी हुन चाहन्छ । ‘मेसी इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुन् । उनले आठ गोल गरिसकेका छन् । छैटौँपटक विश्वकप खेलिरहेका छन् । सर्वाधिक गोलकर्ता हुन्,’ स्कोलानी भन्छन्, ‘उनी फाइनलका लागि तयार छन् । हामी लगातार उपाधि जित्न खेल्छौँ ।’ यसअघि सेमिफाइनलमा स्पेनले फ्रान्सको चुनौती २–० तथा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले हराउँदै उपाधिनजिक पुगेका हुन् । 

तथ्यांकमा फाइनल खेल

६४८ : स्पेनका कप्तान रोड्रीले उत्तर अमेरिकामा सर्वाधिक ६४८ पास खेलेका छन् । उनी विश्वकपमा मिडफिल्डमा सर्वाधिक छाएका खेलाडी हुन् । ३० वर्षीय खेलाडीले कतार विश्वकपमा ६३८ पासको कीर्तिमान बनाए । उनले सन् २०१० मा जाभीले ५९९ पास खेलेको कीर्तिमानसमेत तोडेका छन् । रोड्रीपछि स्पेनकै पाउ कुवार्सीले ५४७ र ऐमेरिक लोपोर्टेले ५३३ पास खेलेका थिए ।

३७ : स्पेनले आफ्नो अपराजित यात्रा ३७ खेलसम्म पुर्‍याएको छ । यो अन्तर्राष्ट्रिय फुटबलको नयाँ कीर्तिमान हो । सन् २०२४ मा कोलम्बियासँग पराजित भएपछि स्पेन पराजित भएको छैन । जसमध्ये २७ खेल जितेको छ भने ११ खेल बराबरी भएको छ । सन् २०१८ इटालीले पनि ३७ खेलमा अपराजित यात्रा राखेको थियो । त्यसअघि सन् २०१९ मा अर्जेन्टिनाले २२ खेल हारेको थिएन ।

३० : स्पेनका युवा विंगर लामिन यामलले विश्वकपमा सर्वाधिक ३० ड्रिब्लिङ गरेका छन् । उनीपछि फ्रान्सका केलिएन एम्बाप्पेले २४, ब्राजिलका भिनिसियस जुनियरले २३ तथा अर्जेन्टिनाका कप्तान मेसीले २२ ड्रिब्लिङ गरेका छन् ।

१९ : अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा सात खेल खेल्दा सर्वाधिक १९ गोल गरेको छ । उसले औसत एक खेलमा २.७१ गोल गरेको हो । यसअघि सन् १९७० मा ब्राजिलले पनि यही संख्यामा गोल गरेको थियो ।

८ : अर्जेन्टिनाका कप्तान लियोनल मेसीले प्रतियोगितामा ८ गोल गरेका छन् । यसक्रममा उनले एक ह्याट्रिकसमेत गरेका छन् । मेसीले लगातार ९ खेलमा गोल गर्ने कीर्तिमानसमेत बनाएका छन् । ८ गोल गरेका मेसी र एम्बाप्पे दुवै गोल्डेन बुटको दाबेदारीमा छन् ।

६ : स्पेनको फाइनलसम्मको यात्रामा गोलकिपर उनाइ सिमोनले सर्वाधिक ६ क्लिन सिट राखेको छ । यसक्रममा उनले ७ गोल व्यहोरे । उनले एक मात्रै गोल बेल्जियमविरुद्ध व्यहोरेका हुन् ।

फाइनलका ६ चर्चित खेलाडी 

अमेरिकाको मेट लाइफ मैदानमा हुने फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्पेनबिच प्रतिस्पर्धा हुँदै छ । अर्जेन्टिना चौथोपटक तथा स्पेन दोस्रोपटक च्याम्पियन हुने लक्ष्यमा छन् । स्पेन १६ वर्षपछि फाइनलमा स्थान बनाउन सफल भएको हो । दुवै टिमलाई फाइनलमा पुर्‍याउन महत्वपूर्ण प्रदर्शन गरेका ६ खेलाडी यस्ता छन्:

लियोनल मेसी (स्ट्राइकर) 
३९ वर्षीय कप्तान लियोनल मेसी पुनः एकपटक म्याच विनर बनेका छन् । अल्जेरियाविरुद्ध ह्याट्रिक गरे । सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध ८५औँ मिनेटसम्म १–० ले पछि रहँदा मेसीले सानदार प्रदर्शन गरेका हुन् । उनले ७ मिनेटमा दुई असिस्ट गरे । मेसी योसँगै प्रतियोगितामा ८ गोल र ४ असिस्ट गर्दै गोल्डेन बुटको उपाधिनजिक रहेका छन् । प्रतियोगितामा सर्वाधिक उमेरमा गोल गर्ने कीर्तिमान बनाएका मेसी सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् ।

लौटारो मार्टिनेज (स्ट्राइकर)
अर्जेन्टिनाको फाइनल यात्रामा इन्टर मिलानका स्टारले तीन गोल गरेका छन् । पछिल्लो खेलमा इंग्ल्यान्डविरुद्ध उनले बेन्चबाट आएर विजयी गोल गरेका हुन् । फाइनलमा पनि उनी वैकल्पिक खेलाडी नै हुन सक्छन् । उनले विश्वकपमा ३६८ खेल खेल्दा एक असिस्ट पनि गरेका छन् ।

क्रिस्टियन रोमेरो (डिफेन्डर)
यी सेन्टर ब्याकले विश्वकपमा सानदार प्रदर्शन गरिरहेका छन् । अन्तिम १६ मा इजिप्टविरुद्ध अर्जेन्टिना २–० ले पछि हुँदा रोमेरोले गोल गरेका थिए । उनले डिफेन्समा दर्शनीय ट्याकल गर्दै आएका छन् भने विपक्षी अट्याकलाई खुलेर खेल्न दिँदैनन् ।

मिकेल ओयर्जाबाल (स्ट्राइकर)
स्पेनका अनुभवी अट्याकर हुन् मिकेल ओयर्जाबाल । उनले विश्वकपमा स्पेनको तर्फबाट सबैभन्दा धेरै ५ गोल गरेका छन् । सेमिफाइनलमा फ्रान्सविरुद्ध जितमा पनि उनले एक गोल गरेका थिए ।

पाउ कुवार्सी (डिफेन्डर)
१९ वर्षका डिफेन्डर पाउ क्युबार्सीले विश्वकपमा सानदार प्रदर्शन गरिरहेका छन् । बार्सिलोनाबाटै ससाना पास र बल नियन्त्रण राख्दै यी खेलाडीले जादु चलाउने गरेका छन् । उनले समूह चरणमा २९५ मिनेट खेल्दै २९० पास खेलेका थिए । १६ पटक टिमलाई गोल हुनबाट बचाएका छन् ।

लामिन यामल (स्ट्राइकर)
१९ वर्षीय अट्याकरले स्पेनका लागि प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । बार्सिलोनाबाटै सानदार प्रदर्शन गर्दै आएका युवा स्टारले यो लयलाई विश्वकपमा पनि कायम राखे । यामलले आफ्नो स्पिड र ड्रिब्लिङका कारण सबैको मन जितेका छन् ।

प्लेयर्स टु वाच

उनाई सिमोन (स्पेन)
स्पेन फाइनलसम्म पुग्दा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने अर्का खेलाडी हुन् गोलकिपर उनाई सिमोन । उनले खेलेको ७ मध्ये ६ खेलमा क्लिन सिट राखेका छन् । स्पेनको जितमा मिडफिल्डर र डिफेन्सको जति योगदान छ, त्योभन्दा बढी योगदान किपर सिमोनको छ । उनले प्रतियोगितामा मात्र एक गोल खाएका छन् । उनले विश्वकपमा ६०९ मिनेटसम्म गोल नखाने कीर्तिमानसमेत बनाएका छन् । त्यसक्रममा १४ गोलको राम्रो प्रयासलाई विफल बनाएका थिए । स्पेनले दोस्रोपटक उपाधि जित्ने हो भने अर्जेन्टिनाविरुद्ध सिमोनको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

एन्जो फर्नान्डेज (अर्जेन्टिना)
सेमिफाइनलमा १–० ले पछि रहेको अवस्थामा एन्जो फर्नान्डेजले अर्जेन्टिनाको उद्धार गरेका थिए । उनले २५ यार्ड टाढाबाट हानेको प्रहार सिधै जाली चुमेपछि अर्जेन्टिनाले फाइनलको सम्भावना बढाएको थियो । प्रतियोगिताको एन्जोको यो दोस्रो गोल हो । एन्जोले डिफेन्स र अट्याकबिच तालमेल मिलाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । बललाई अत्यधिक नियन्त्रणमा राख्ने र आक्रमणमा जाने निर्णय नै एन्जोले लिने गरेका छन् । उनले रोड्रीपछि ४४८ पास, ९३ प्रतिशत पास एक्युरेसी र पाँच असिस्ट पूरा गरेका थिए । 

सुझावित समाचार