सम्पत्ति छानबिन आयोगले हाललाई सबै काम स्थगित गरेको छ। आयोगले बिहीबार एक सूचना जारी गर्दै सम्पत्ति विवरण संकलन र छानबिनसमेतका सबै काम हाललाई स्थगित गरिएको जनाएको हो।
सर्वाेच्चकाे असार २९ गतेकाे अन्तरिम आदेशपछि आयोगले पूर्वन्यायाधीश, संवैधानिक आयोगका पूर्वपदाधिकारी र नेपाली सेनाका पूर्वपदाधिकारीबाहेकको सम्पत्ति विवरण संकलनको काम गरिरहेको थियो।
तर, मनिराम उपाध्यायले दायर गरेको निवेदनमा सर्वोच्चले असार ३१ गते जारी गरेकाे आदेशबमाेजिम आयोगले काम राेकेकाे हाे। सर्वाेच्चले मुद्दाको अन्तिम टुंगो नलागेसम्म कसैबाट पनि सम्पत्ति विवरण संकलन र छानबिनसमेतको कार्य नगर्नू–नगराउनू भनी अन्तरिम आदेश जारी गरेको थियो।