बुधबार १० बजेसम्मका मुख्य १० खबर

बुधबार, २४ असार, २०८३
डिजिटल संस्करण

मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त
नेपाल सरकारका सचिव गोविन्दबहादुर कार्की मुख्यसचिवमा नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।

यही शुक्रबारदेखि खाली हुने मुख्यसचिवको पदका लागि सरकारले दुई दिनअघि नै नयाँ नियुक्तिको निर्णय गरेको हो। हाल मुख्यसचिव रहेका सुमनराज अर्याल यही २६ असारमा उमेरहदका कारण अवकाश हुँदैछन्। रिक्त हुन लागेको उक्त पदमा सरकारले कार्कीलाई नयाँ नियुक्ति दिएको हो। मुख्यसचिवको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ।

औषधि खरिदमा दुई करोड ९१ लाख भ्रष्टाचार 
औषधि खरिदमा भ्रष्टाचार गरेको आरोपमा निजामती अस्पतालका आठ कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीपा ढुंगाना, लवेन्द्र कुँवर, दिनेश पन्त, दीपक सापकोटा, विनोद पोखरेल, शर्मिला श्रेष्ठ, केशवराज न्यौपाने र सन्दीप तिवारीविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध दुई करोड ९१ लाख बिगो कायम गरिएको छ। 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका आठ निर्णय 
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका आठ निर्णय सार्वजनिक गरिएको छ। बैठकले मुख्यसचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ। 
त्यस्तै, गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ। बैठकले विभिन्न नियमावली र रणनीति स्वीकृत गरेको छ। 

विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अनुमति
सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। 

निःशुल्क विश्वकप हेर्ने लोभमा ठगिँदै नेपाली, डेढ महिनामा १५० जनाले तीन करोड गुमाए
फिफा विश्वकप फुटबल अनलाइनमार्फत निःशुल्क हेर्न पाइने प्रलोभनमा ठगिनेको संख्या १५० नाघेको छ। उनीहरुले यस अवधिमा तीन करोड रुपैयाँभन्दा धेरै रकम गुमाइसकेका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार घटनामा संलग्न अभियुक्त भने हालसम्म कोही पनि पक्राउ परेका छैनन्। ठगीमा संलग्न अधिकांश स्क्यामर विदेशमा रहेको हुँदा उनीहरूलाई पक्राउ गर्न नसकिएको ब्युरोको भनाइ छ। ठगीमा पर्नेहरू भने सबै नेपाली नागरिक हुन्।

कन्सल्टेन्सीलाई कडाइ स् दर्ताका लागि २५ लाख धरौटी, विद्यार्थी विदेशमा अलपत्र परेमा क्षतिपूर्ति तिर्नुपर्ने 
सरकारले शैक्षिक परामर्श सेवालाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा ९सञ्चालन र व्यवस्थापन० नियमावली, २०८३ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत नियमावलीले अनुमतिपत्र, आर्थिक कारोबार, विद्यार्थी सुरक्षा तथा सेवा गुणस्तरसँग सम्बन्धित नयाँ व्यवस्था लागू गरेको हो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीको हित संरक्षण, सेवा प्रवाहमा पारदर्शिता कायम गर्ने तथा शैक्षिक परामर्श संस्थाको प्रभावकारी नियमन गर्ने उद्देश्यले नयाँ नियमावली तयार गरेको जनाएको छ ।

पार्किङ र लोड–अनलोडको थलो बन्यो चक्रपथको सर्भिस लेन  (फोटोफिचर)
चक्रपथको सामाखुसी–कलंकी खण्डको सर्भिस ९सब० लेन अव्यवस्थित पार्किङ, लोड–अनलोड तथा ट्रान्सपोर्ट कम्पनीहरूले मालवाहक सवारी राख्ने स्थल बन्दा सर्वसाधारणको आवतजावत प्रभावित भएको छ। चक्रपथ विस्तारमा ढिलाइ भइरहेका वेला सर्भिस लेन नै पार्किङ क्षेत्रजस्तै प्रयोग हुन थालेको छ।

सन्तोष चालिसेको भ्रष्टाचार मुद्दामा विशेषज्ञ झिकाउने आदेश 
पूर्वसांसद सन्तोष चालिसेविरुद्धको भ्रष्टाचार मुद्दामा अदाललते विशेषज्ञ झिकाउने आदेश गरेको छ । विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बुधबार विशेषज्ञ झिकाउने आदेश दिएको हो । 

गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा तीन करोड ६८ लाख रुपैयाँ अवैध आर्जन गरेको अभियोगमा कांग्रेसका नेता चालिसेविरुद्ध गत २८ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर भएको थियो ।   

जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन नौ सदस्यीय प्रतिवेदन कार्यान्वयन समिति गठन  
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको रामजानकी मन्दिरलगायत बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन नौ  सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ।

मन्त्रालयले बृहत्तर  जनकपुर क्षेत्रअन्तर्गत जनकपुर उपमहानगरपालिकाभित्र रहेका पोखरी, पोखरीका डिल, रामजानकी मन्दिरलगायत प्रमुख मठमन्दिर तथा गुठी जग्गाको संरक्षण र व्यवस्थापनका लागि विगतमा तयार भएका प्रतिवेदनहरूको कार्यान्वयनलाई तीव्रता दिन उक्त समिति गठन गरेको हो।

रोल्पामा बस दुर्घटना, १४ जना घाइते 
रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। जसमा पाँच जनाको अवस्था गम्भीर घाइते छन्। 

रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं। ७ गाइबिसौना स्थित घोराही–घर्तीगाउँ सहिद मार्ग खण्डमा बुधबार दिउँसो घर्तीगाउँ देखि काठमाडौ तर्फ जाँदै गरेको लु २ ख २९६६ नम्बरको बस दुर्घटना भएको हो। 

सुझावित समाचार