पार्किङ र लोड–अनलोडको थलो बन्यो चक्रपथको सर्भिस लेन (फोटोफिचर)

बुधबार, २४ असार, २०८३
डिजिटल संस्करण

चक्रपथको सामाखुसी–कलंकी खण्डको सर्भिस (सब) लेन अव्यवस्थित पार्किङ, लोड–अनलोड तथा ट्रान्सपोर्ट कम्पनीहरूले मालवाहक सवारी राख्ने स्थल बन्दा सर्वसाधारणको आवतजावत प्रभावित भएको छ। चक्रपथ विस्तारमा ढिलाइ भइरहेका वेला सर्भिस लेन नै पार्किङ क्षेत्रजस्तै प्रयोग हुन थालेको छ।

कलंकीदेखि बसुन्धरासम्मको ८.२ किलोमिटर सडक विस्तारका लागि चीन सरकारसँग सम्झौता भइसके पनि काम अझै सुरु भएको छैन। सरकारले निर्माण सामग्री र भन्सार छुटसम्बन्धी निर्णय गरिसकेको भए पनि आयोजना कार्यान्वयनमा उल्लेखनीय प्रगति देखिएको छैन।

विस्तारपछि यस खण्डमा आठ लेन सडक, सर्भिस लेन, आकासे पुल, पुल तथा सडकबत्ती निर्माण गरिने योजना छ।

सुझावित समाचार