औषधि खरिदमा दुई करोड ९१ लाख भ्रष्टाचार, निजामती अस्पतालका आठ कर्मचारीविरुद्ध मुद्दा दायर

बुधबार, २४ असार, २०८३
डिजिटल संस्करण

औषधि खरिदमा भ्रष्टाचार गरेको आरोपमा निजामती अस्पतालका आठ कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीपा ढुंगाना, लवेन्द्र कुँवर, दिनेश पन्त, दीपक सापकोटा, विनोद पोखरेल, शर्मिला श्रेष्ठ, केशवराज न्यौपाने र सन्दीप तिवारीविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध दुई करोड ९१ लाख बिगो कायम गरिएको छ। 

औषधि आपूर्तिकर्तासँग साँठसाँठ गरी औषधि आपूर्ति नै नभई सिस्टममा इन्ट्री गरेर भ्रष्टाचार गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए। 

सुझावित समाचार