दाङ–सल्यान सडक खण्डअन्तर्गत राप्ती लोकमार्गको सल्यानको कपुरकोट क्षेत्रमा मंगलबार गएको पहिरो हटाइएपछि यातायात सञ्चालन पुनः सहज भएको छ।
पहिरोका कारण केही समय सडक पूर्ण रूपमा अवरुद्ध हुँदा दुवैतर्फ सवारीसाधन रोकिएका थिए। सम्बन्धित निकायले डोजर प्रयोग गरी पहिरो पन्छाएपछि सडक खुलाइएको हो।