२४ घण्टा ड्युटीपछि रेजिडेन्ट डाक्टरलाई अनिवार्य बिदा दिन वीर अस्पताललाई नाम्सको परिपत्र

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)ले २४ घण्टा लगातार ड्युटी गरेका आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर)हरूलाई अनिवार्य रूपमा ‘पोस्ट-ड्युटी अफ’ उपलब्ध गराउन निर्देशन दिएको छ।

नाम्सका सहायक डिन प्राडा विक्रम अधिकारीले आज वीर अस्पताललाई परिपत्र जारी गर्दै २४ घण्टे ड्युटी पूरा गरेका आवासीय चिकित्सकलाई बिहानको वार्ड राउन्ड सम्पन्न भएलगत्तै बिदा दिनुपर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। 

लामो समयसम्म निरन्तर काम गर्दा चिकित्सकको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पर्न सक्ने तथा त्यसले स्वास्थ्य सेवाको गुणस्तरमा समेत प्रभाव पार्न सक्ने भन्दै नाम्सले यो निर्णय गरेको हो ।

आवासीय चिकित्सकको कार्यक्षमता, मनोबल र बिरामी सुरक्षालाई ध्यानमा राख्दै ‘पोस्ट-ड्युटी अफ’ व्यवस्था प्रभावकारी रूपमा लागू गर्न नाम्सले अनुरोध गरेको छ । पछिल्लो समय लगातार ड्युटीको दबाब, निर्वाह भत्ता नपाएको भन्दै वीरका आवासीय चिकित्सक आन्दोलित बनेका छन्।

सुझावित समाचार