नयाँदिल्लीको एक होटेलमा भएको आगलागीमा २१ जनाको मृत्यु भएको छ। घाइते भएका ४७ जनाको उद्धार भएको छ।
दिल्लीको माल्भिया नगरस्थित ६ तले होटेलमा आगलागी भएको हो।
आगलागीपछि कतिपयले हाम फालेर ज्यान जोगाएका छन्। सो होटेलले अग्नि विभागबाट सञ्चालन अनुमति नलिएको खुलेको छ। होटेलका सञ्चालक लोभकेस बजाजलाई प्रहरीले पक्राउ गरेको हो।
मृत्यु हुनेमा ११ जना विदेशी छन्। जसमा नाैजना दक्षिण अफ्रिका र दुईजना तुर्कमिनिस्तानका नागरिक छन्।