अभ्यास खेलमा ब्राजिलको आधा दर्जन गोल

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

आगामी फिफा विश्वकप फुटबलको तयारीमा रहेको पाँचपटकको च्याम्पियन ब्राजिलले सोमबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पानामामाथि ६–२ गोलको सानदार जित निकालेको छ । रियो द जेनेरियोस्थित माराकाना रंगशालामा ब्राजिलले प्रभावशाली प्रदर्शन जितसँगै विश्वकपका लागि आफू तयार रहेको संकेत दिएको छ ।

ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले डिफेन्डर लिओ परेराबाहेक ११ का सबै खेलाडीलाई परिवर्तन गरेका थिए । दोस्रो हाफमा नयाँ खेलाडीसँगै मैदान उत्रिएको ब्राजिलले आफ्नो दबाब कायम राख्दै खेललाई एकतर्फी बनाएको थियो । ब्राजिलले आफ्नो अन्तिम मैत्रीपूर्ण खेल आगामी शनिबार अमेरिकामा इजिप्टसँग खेल्नेछ । 

See More On

सुझावित समाचार