खाना, नास्ता र विविध शीर्षकमा करिब दुई करोड ५१ लाख रुपैयाँ खर्च, सबैभन्दा बढी खर्च गर्नेमा राजापुर नगरपालिका

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

बर्दियामा स्थानीय तहले एक वर्षमा दुई करोड ५० लाख ९० हजार ८८७ रुपैयाँको खाना, नास्ता र विविध शीर्षकमा खर्च गरेको पाइएको छ ।  महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनअनुसार बर्दियामा स्थानीय तहले एक वर्षमा दुई करोड ५० लाख ९० हजार ८८७ रुपैयाँको खाना, नास्ता र विविध शीर्षकमा खर्च गरेको पाइएको छ ।  

महालेखा परीक्षकको कार्यालय सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/८२ को प्रतिवेदनअनुसार सबैभन्दा बढी खाना, नास्ता, चिया, पानी, विविध खर्च गर्नेमा राजापुर नगरपालिका देखिएको छ । पालिकाले  ५६ लाख ७७ हजार रुपैयाँ खर्चको छ । मधुवन नगरपालिकाले खाना, नास्ता र विविध खर्च भन्दै ४५ लाख ३७ हजार रुपैयाँ खर्च गरेको छ ।  गेरुवा गाउँपालिकाले ३७ लाख ८२ हजार ३२१ रुपैयाँ विविध शीर्षकअन्तर्गत खर्च गरेको छ । 

त्यसैगरी बढैयाताल गाउँपालिकाले विविध खर्च भन्दै ३५ लाख चार हजार ३४९ रुपैयाँ गरेको छ । गुलरिया नगरपालिकाले ३१ लाख ३८ हजार ८७२ रुपैयाँ चिया नास्ता र खानामा खर्च गरेको छ भने बारबर्दिया नगरपालिकाले १६ लाख ६१ हजार ९७० रुपैयाँ विविध शीर्षकमा खर्च गरेको छ । यसैगरी ठाकुरबाबा नगरपालिकाले १५ लाख ८७ हजार ९२२ रुपैयाँ र बाँसगढी नगरपालिकाले १२ लाख दुई हजार ५४ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

पालिकाहरूले विविध खर्च गर्दा बिल–भर्पाई भए तापनि कतिपय खर्चको साथ बिल–भर्पाई सो कामसँग सम्बन्धित निर्णयसहितको पृष्टि हुने प्रमाण संलग्न गर्ने गरेको नदेखिएको लेखा परीक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  

सुझावित समाचार