अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन्। बिहीबार अपराह्न राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर डा. वाग्लेले आर्थिक वर्ष ०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्।
भेटमा अर्थमन्त्री डा. वाग्लेले संसदमा पेस गरेको आर्थिक सर्वेक्षण ०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गरे। अर्थमन्त्री डा. वाग्लेले भोलि शुक्रबार अपराह्न ४ बजे संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३ र ८४ को बजेट प्रस्तुत गर्दै छन्।