१४५ ग्राम खैरो हेरोइनसहित धनगढीबाट दुईजना पक्राउ

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

कैलालीको धनगढीबाट प्रहरीले ठुलो मात्रामा लागुऔषध खैरो हेरोइनसहित एक भारतीयसमेत गरी दुईजनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट एक सय ४५ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ बस्ने २७ वर्षीय निराजन ठकुल्ला र भारतको पलिया बस्ने २८ वर्षीय रिंगल गुप्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी–जुगेडा सडक खण्डबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए।

सुझावित समाचार