विपक्षीको विरोधबिच पर्यटन विधेयकमा छलफल सुरु

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

प्रतिनिधिसभामा विपक्षी दलहरूको विरोधबिच पर्यटन विधेयक, २०८२ माथि छलफल सुरु भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पर्यटन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेसँगै छलफल प्रक्रिया अघि बढेको हो।

प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएको भन्दै विपक्षी दलहरूले आज मंगलबार पनि कार्यसूचीमा प्रवेश गरेलगत्तै बैठक अवरुद्ध गरेका हुन्।

सुझावित समाचार