१९औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल अहमेदाबादस्थित नरेन्द्रमोदी रंगशालामा हुने भएको छ । यसअघि बिसिसिआईले ३१ मेमा बेंग्लोरमा फाइनल हुने भनिएको थियो ।
तर, बिसिसिआईको बुधबार बसेको बैठकले विशेष कारणवश फाइनल खेलको रंगशाला परिवर्तन भएको हो । यसैगरी, धर्मशालामा क्वालिफायर १ प्रतिस्पर्धा हुनेछ । चन्दीगढमा बनेको नयाँ रंगशालाले पनि क्वालिफायर खेल आयोजना गर्न अवसर पाएको बिसिसिआईले जनाएको छ ।