इरानको अन्तिम निर्णयको प्रतीक्षामा फिफा

बुधबार, २३ बैशाख, २०८३
डिजिटल संस्करण
  • अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा सहभागी हुने वा नहुने निर्णय गर्न फिफाले इरान फुटबल महासंघसँग वार्ताको तयारी गर्दै 

अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आगामी जुन–जुलाईमा फिफा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दै छन् । फिफाले पहिलोपटक ४८ राष्ट्रहरूबिच विश्वकप गर्दे छ । सहभागी मध्ये ४७ राष्ट्रले विश्वकपको तयारी गरिरहँदा इरानले भने खेल्ने वा नखेल्ने अन्तिम निर्णय लिइसकेको छैन । अमेरिकाले आफूमाथि आक्रमण गरेपछि इरानले अमेरिकामा गएर विश्वकप नखेल्ने बताइसकेको छ ।

विश्वकपमा सहभागी नहुने भनी आधिकारिक रूपमा इरानले आयोजक तथा फिफालाई कुनै पत्र पठाएको छैन । इरानकै कारण विश्व फुटबलको सर्वोच्च निकाय फिफा द्विविधामा छ । इरानले अन्तिम निर्णय गरिनसक्दा फिफाले पनि उसको स्थानमा कसलाई खेलाउने भन्ने प्रस्ट पार्न सकेको छैन । अमेरिका भने इरानको स्थानमा इटालीलाई विश्वकपमा सहभागी गराउनुपर्ने धारणा राखेको छ ।

गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वरीयताका आधारमा इटालीलाई विश्वकपमा पुनः एकपटक मौका दिनुपर्ने बताएका थिए । अमेरिकाले इटालीलाई खेलाउनु प्रस्ताव पठाउनु भनेको कुटनीतिक सम्वन्ध हो । पछिल्लो समय अमेरिका र इटालीबिचको सम्वन्ध राम्रो छैन । यसै सम्वन्ध सुमुधुर बनाउन नै ट्रम्पले इरानको स्थानमा इटालीलाई समावेश गर्नुपर्ने फिफालाई आग्रह गरेको हो । तर, फिफाका अध्यक्ष जियानी इन्फाटिन्हो भने विश्वकपमा इरान हुनुपर्ने बताउँछन् ।

इरानले आफ्नो धारण स्पष्ट पार्न नै फिफाले इरानको फुटबल महासंघलाई छलफलका लागि जुरिचमा बोलाएको रोयटर्सले जनाएको छ । फिफा अध्यक्ष इन्फान्टिनोले विश्वकपको खेल तालिका प्रभावित नबनाउन नै इरानलाई बोलाएको जनाएका छन् । विश्वकप ११ जुन देखि १९ जुलाईसम्म हुँदै छ । इरानले आफ्नो समूहका सबै खेल अमेरिकामा खेल्नेछ । समूह ‘जी’ मा रहेको इरानले न्युजिल्यान्ड, बेल्जियम र इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ ।

इरानले आफ्नो पहिलो खेल १५ जुनमा लस एन्जलसमा न्युजिल्यान्डविरुद्ध खेल्ने तालिका रहेको छ । यसैबिच अमेरिकाका विदेशमन्त्री मार्को रुबिओले इरानलाई विश्वकप खेल्न कुनै अप्ठ्यारो नहुने जानकारी दिएका छन् । ‘दुई राष्ट्रबिचको सम्बन्ध जस्तो भए पनि इरानलाई अमेरिकामा आएर विश्वकप खेल्न कुनै समस्या हुनेछैन,’ मार्कोसले भने, ‘उनीहरूका खेलाडी सहजै अमेरिकी भूमिमा फुटबल खेल्न सक्छन् ।’ 

फिफा कंग्रेसमा इरान सहभागी भएन
गत साता क्यानडामा फिफाको कंग्रेस भएको थियो । जसमा फिफमा आबद्ध सबै फुटबल संघका प्रतिनिधिहरू सहभागी भएका थिए । तर, इरान फुटबल महासंघबाट कोही पनि कंग्रेसमा सहभागी भएनन् । क्यानडाले इस्लामिक रिभोलुस्नरी गार्ड कोर्प्ससँग सम्बन्धित व्यक्तिलाई प्रवेश निषेध गरेकाले इरानले भाग नलिएको हो । इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताज क्यानडाबाटै स्वदेश फर्किए । क्यानडाका प्रधानमन्त्री मार्कले आतंकवादी सूचीमा रहेका व्यक्तिहरूलाई देशमा प्रवेश नदिएको बताए । ‘हामीले प्राप्त सूचनाका आधारमा आतंकवादी सूचीमा रहेका व्यक्तिहरूलाई मात्र क्यानडामा प्रवेश नदिइएको हो, तर फिफा कंग्रेसमा आएका पाहुनालाई कुनै रोक थिएन,’ उनले भने । फिफाले यस सम्बन्धमा केही प्रतिक्रिया दिएको छैन ।

फिफा कंग्रेसमा इरानी प्रतिनिधिहरूलाई प्रवेश निधेष गरेपछि सभाबाट ३० जना इरानीहरूले विरोध जनाएका थिए । फिफा अध्यक्ष इन्फाटिनोले अमेरिकामा इरानलाई खेलाउने प्रयास भइरहेको बताए । ‘हामीले इरानलाई वार्तामा बोलाएका छौँ । 

See More On

सुझावित समाचार